मणिलेक माध्यमिक विद्यालयको अभिभावक सचेतना कार्यक्रम सम्पन्न

बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयको २ दिने अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ। ४६ जना सहभागिको उपस्थितिमिा मंगलबार २ दिने अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो।

यसैगरी मणिलेक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सघंको २ दिने अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र भाट सहित १६ जनाको उपस्थितिमिा मंगलबार २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक कलौैनीले बताउनुभयो।

विद्यालयले सोमबार पनि शिक्षकको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम सम्पन्न गरेको थियो। ३४ जना शिक्षकको उपस्थितिमिा ३ दिने शिक्षकको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम गरिएको जनाईएको छ।

शैक्षिक गुणस्तरका लागि तालिमहरुको आयोजना गरिएको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो। नमुना विद्यालय शैक्षिक तथा व्यवस्थापकीय सुधार कार्ययोजना अनुसार तालिमहरु सञ्चालन गरिएको विद्यालयले जानकारी दिएको छ।

तालिमहरुमा शिक्षा विकास तथा समन्वय एकाई डोटीका प्रमुख भिम प्रसाद पनेरु र सुदूरपश्चिम प्रदेश निति तथा योजना आयोगका पूर्व सचिव पदमराज जोशीले प्रशिक्षण दिनुभएको थियो। यसैगरी प्रधानाध्यापक कलौनी र निवर्तमान प्रधानाध्यापक रमेश दत्त बागले पनि प्रशिक्षण दिनुभएको जनाईएको छ।

तालिमहरुबाट विद्यार्थीको सिकाईमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सघंको भुमिकाका बारेमा छलफल गरिएको थियो। नयाँ प्रविधि, योजनावद्ध सिकाई र असल अभिभावकत्वबारे जानकारी एवं छलफल गरिएको प्रधानाध्यापक कलौनीले बताउनुभयो।

तालिमहरु समापन कार्यक्रममा प्रमुख अतिथि मेलौली–०७ का वडाध्यक्ष रामचन्द्र भट्ट र सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भाट् रहनु भएको थियो। तालिमहरुबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने विद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.