बैतडी: बैतडीको मेलौली नगरपालिकामा विद्यालय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगरपालिका संग समन्वय गरेर समाजमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले थालिएको विद्यालय प्रहरी साझेदारी अभियान कार्यक्रम मेलौलीमा झनै प्रभावकारी बनेको विद्यालयका शिक्षकहरुले बताएका हुन्।
यहि षौष ८ गते देखी विद्यार्थीहरुलाई विद्यालयमै भेटेर बिभिन्न विषयमा जानकारी गराई रहेको ईलाका प्रहरी कार्यालय तस्व देहीका प्रहरी नायब निरिक्षक (सइ) नरेन्द्र बहादुर चन्दले बताउनुभयो। नगरपालिकाका सबै वडामा रहेका विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर जानकारी गराउने गरेको उनले बताउनुभयो।
अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, बालविवाह, मानबेचबिखन लागुपदार्थ दुव्र्यसनी लगायत विषयमा जानकारी गराउने गरेको उहँंले जानकारी दिनुभयो।
यसै गरि कुलतमा संलग्न र सधै मदिरा सेवन गर्नेहरुको लिस्ट तयार पारेर उनिहरुलाई सम्झाउने तथा निगरानीमा राख्ने काम गरिएको प्रहरी नायब निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो। जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्रिय पूर्वक लागि परेको बताउँदै उहाँले लागुऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनले बताउनुभयो। समुदाय प्रहरी साझेदारी र विद्यालय प्रहरी साझेदाी कार्यक्रम गरी जनतासँग प्रहरीको गतिबिधि बढाउने र जनतासँगै प्रहरी पनि छ है भन्ने भावनाको विकास गराउने काम गरिरहेको उहाँले बताउनुभयो।
पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका सबै मध्यमिक विद्यालयमा यस्ता सचेतना कक्षा मार्फत विद्यार्थीहरुलाई जानकारी गराईएको उहाँको भनाई छ। ग्रामिण समुदायमा समेत पछिल्लो समय विभिन्न बाहानमा युवाहरु कुलततर्फ फस्ने गरेका छन्। जसको समाधानका लागि युवाहरुलाई सचेत गर्न जरुरी छ।