नेपाल राष्ट्रिय शिक्षक संगठन डिलाशैनीको अध्यक्षमा भट्ट चयन

बैतडी : डिलाशैनी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो अधिबेशन सम्पन्न भएको छ। सोमबार एक कार्यक्रमका बिच तेस्रो अधिबेशन सम्पन्न भएको जनाईएको छ।

अधिबेशनबाट नयाँ कार्य समिति चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टले बताउनुभयो। नयाँ कार्य समितिको अध्यक्षमा चन्द्रदेव भट्ट चयन भएका छन।

यसैगरी संगठनको उपाध्यक्षमा कृष्ण बहादुर बोहरा, महिला उपाध्यक्षमा जानकी पन्त, सचिवमा बिरा नाथ, कोषाध्यक्षमा महेश धरडी, सह–कोषाध्यक्षमा पशुपति भट्ट, सह–सचिवमा धर्मराज भट्टसहित १९ सदस्यीय कार्य समिति चयन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.