जनज्योती बचत तथा ऋण सहकारी संस्थाको साधारसधा सम्पन्न

बैतडी : जनज्योती बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ। शनिवार पञ्चेश्वर गाउँपालिका–०५ गिरेगडा स्थित सहकारी संस्थाको साधारसधा सम्पन्न भएको संस्थाका सचिव राजेन्द्र भट्टले बताउनुभयो।

सहकारीका करिब ७ सय बढि सेयर सदस्य तथा बचतकर्ताको उपस्थितिमा सम्पन्न साधारणसभाले संस्थाको नयाँ कार्य समिति चयन गरेको छ। देब बहादुर चन्दको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको सहकारीले जनाएको छ।

नयाँ कार्य समितिको उपाध्यक्षमा निर्मला भट्ट, सचिवमा राजेन्द्र भट्ट, सह-सचिवान मोहन पेला र कोषाध्यक्ष नरिराम कामीलाई चयन गरिएको हो। समितिको सदस्यहरुमा प्रकाश चन्द, बसन्ती भण्डारी, नरेश चन्द, देवानी राम ढोली, बिन्दु चन्द, गोरख सिह भाट, कृत बहादुर चन्द, गोरख बहादुर चन्द र कमला कोलीलाई चयन गरिएको अध्यक्ष चन्दले बताउनुभयो।

साधारणसभाबाट सहकारीका गतिबिधि र आगामी योजनाहरुको बारेमा जानकारी गरिएको जनाईएको छ। संस्थाका कोषाध्यक्ष नरिराम कामीले सहकारीको आर्थीक प्रतिबेदन प्रस्तु गरेका थिए।

कार्यक्रममा बोल्दै व्यवस्थापक राम बहादुर चन्दले खराब कर्जाबाट सहकारी जोगाउनुपर्ने धारणा राखेका थिए। संस्थाका अध्यक्ष देव बहादुर चन्दको अध्यक्षता तथा जिल्ला समुँन्वय समिति सदस्य हरु नेपालीको प्रमुख आतिथ्यमा साधारसधा सम्पन्न भएको।

यसैगरी साधारणसभामा नेपाल रेडक्रस सोसाईटी बैतडी शाखा मन्त्री रमेश सिह भण्डारी र राजेश कुमार जोशी बिशिष्ट अतिथि रहनु भएको थियो।

Leave A Reply

Your email address will not be published.