बैतडीमा सञ्चालित कपडा बैंक दोस्रो वर्षमा प्रवेश, बेसाहाराको साहारा बन्दैँ

बैतडी : बैतडीमा साहिलेकमा सञ्चालित कपडा बैंकले दोस्रो वर्षमा प्रवेश गरेको छ। गत वर्ष माग १ गतेबाट माया घर बैतडीद्वारा सञ्चालन भएको कपडा बैंकले दोस्रो वर्षमा प्रवेश गरेको संयोजक महेश दत्त भट्टले बताउनुभयो।

हुनेले दिएर, नहुनेले लगेर परोपकारी कार्यमा सहभागि बनौँ भन्ने उदेश्यका साथ सञ्चालन गरिएको बैंकले पहिलो वर्ष कुशलतापूर्वक पार गरेको छ। मौसम अनुसारको लुगा बितरण र अन्य सामाजिक कार्य गर्ने हेतुले माया घर बैतडीद्वारा कपडा बैंक सन्चालन आएको संयोजक भट्टले बताउनुभयो।

अति बिपन्न, एकल, असहाय, बेसाहारा र टुहुरा बालबालिकाहरुलाइ लक्षित गरेर सामाजिक कार्यको सुरुवात गरिएको जनाईएको छ। बैतडीको सदरमुकाम शाहिलेकबाट सेवा दिन सुरु गरेको कपडा बैंकले मेलौलीमा शाखा सञ्चालन गरि सेवा दिईरहेको छ।

एक वर्षको अवधिमा ६१८ परिवारलाई कपडा बैंक बैतडीबाट लुगा बितरण गरिएको छ। यसैगरी १९२ परिवारलाई शाखा मेलौलीबाट गरि ८०० परिवारलाई लुगा बितरण गरिएको कपडा बैंकले जानकारी दिएको छ।

पहिलो वर्षमा शिवस्थली मावि जर्ग, बिरेन्द्र माविको छात्रावासान बस्ने टुहुरा, असहाय विद्यार्थी, जगदम्बा मा।वि हतरङ्गा, नागार्जुन आ।वि सपराली, केदारेस्वर मा।वि। दुर्गास्थान, गंगेश्वर आ।वि। कोटिगाउका विद्यालयहरुले छनोट गरेका अति बिपन्न विद्यार्थीहरुलाई पनि लुगा बितरण गरिएको छ।
कपडा बैंकबाट सञ्चालन सामाजिक कार्यमा ब्यक्तिगत तथा सस्थागतरुपमा राम्रो सहयोग मिलेको कपडा बैंकका संयोजक भट्टले बताउनुभयो। संस्थागत रुपमा सहयोग गर्ने मायाघर इटहरी, दृस्टी फाउन्डेसन धनगढी, राष्ट्रिय बाणिज्य बैंक बैतडी, धनगढी नेत्रालय, कपडा बैंक धनगढी, बाराकोट समाज काठमान्डौ, लायन्स क्लब धनगढी, प्रेस चौतारी बैतडी, सुदुरपश्चिम सङ्निनी समूह काठमाण्डौ, हेडस नेपाल, आमाको माया छात्रावासले लुगा दिएर सहयोग गरेको भट्टले बताउनुभयो।

त्यस्तै ब्यक्तिगत रूपमा सहयोग गर्ने टेकराज पनेरु, नरेन्द्र प्रसाद अवस्थी, कलावती पाण्डेय, सुरेश पन्थी, कृष्ण सिंह पुजारा, राम सिंह ठगुन्ना, देवराज पान्डेय, मोहन बहादुर चन्द, भिमकान्त शर्मा, अर्चना सिन्हा, हिमसिखा लेखक, राधा कुमारी बम, दशरथ खडायत, सुभद्रा प्याकुरेल, योगेश प्रसाद भट्ट, गंगा बिष्ट, शेर सिंह बिष्ट, आनन्द पौडेल, दशरथ भट्ट, डा। महावीर पुन, बिरेन्द्र राज पाण्डेय, ललिला भट्ट, फगेस्वरी पनेरु, राधा ओझा, कैलाश चन्द, नरेन्द्र÷पुस्पा चन्द, गणेश ठगुराठी, दिपक गिरि, पार्वती भट्ट, माया प्रकाश भट्ट, बिष्णु प्रशाद भट्ट, पदमराज भट्ट, मोहित पान्डेय, कृष्ण देव भट्ट, देव दत्त कलौनी, अधिवक्ता नन्दलाल चटौत, शेर बहादुर चन्द, तरुन सिंह बोहरा, नवराज कलौनी, चतुर बहादुर चन्द, नारी बडु, बिस्ना चन्द, नन्दा भट्ट, देवकी भट्ट, चेतराज पान्डेय, वीर बहादुर चन्द, सुनिता भट्ट, सानू भण्डारि, बिरेन्द्र पान्डेय, सुनिता भण्डारी, दिपक लामा, उषा गुरुङ, नवीन चन्द, माया बिष्ट बोहरा, उद्वव मार्कण्ड, श्याम सिंह मौनी, आशिष माल, सुमित्रा चन्द, बिनोद भट्ट, रमेश पन्त लगायतले लुगा सहयोग गर्नु भएको जनाईएको छ।

त्यसैगरी शाखा मेलौलीमा सहयोग गर्ने देव दत्त कलौनी, सरस्वती कलौनी, बिरेन्द्र नेगि, प्रेम बहादुर चन्द, राधा ओझा, भागरथी चन्द, सिर्जना भन्डारी, मिना भट्ट, धनन्जय भट्टले सहयोग गर्नु भएको छ। एक वर्षको अवधीमा मेलौली साखामा निःशुल्क रुपमा कोठा उपलब्ध गराएर गणेश भट्ट स्वयम समाज सेवामा लाग्नु भएको छ।

अभियानलाई निरन्तर सञ्चालनमा सहयोग गर्दै आउनुभएका युवा समाजसेवी दिनेश पाण्डेय, बिबेकानन्द पाण्डेय, मोहित भण्डारी, उद्धव मार्कण्ड, सन्तोष राना, तेजबहादुर चन्द यातायात व्यावसायीको पनि ठूलो सहयोग रहेको छ।

समग्रमा कपडा बैकंलाई सबै क्षेत्रबाट सहयोग र सकारात्मक सुझावहरु प्राप्त भईरहेको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.