बैतडी-बैतडीमा दशौं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजनामा मंगलबार सरोकारवालाको उपस्थितिमा एक कार्यक्रमका विच दिवस मनाएको हो।
यस वर्ष ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सभमहलमा दशौँ राष्ट्रिय योग दिवस मनाइएको अभ्यङ्कगकर्ता गोजा बोहराले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै मेलौली नगरपालिका वडा न -९ का वडा अध्यक्ष तथा समाजिक विकास समिति संयोजक लोक राज भट्टले योग अभ्यास तथा शिक्षालाई विस्तार गर्न स्थानीय सरकारले पनि अबका दिनहरुमा ध्यान दिने बताउनुभयो।
योगले मानिसलाई स्वस्थ बनाउन ठुलो मद्धत गर्ने भएकाले हरेक जनबाट योगलाई अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले शरीर, तन र मनलाई जोड्ने कार्य योगले गर्ने भएकाले यसको महत्वलाई अतुलनीय रहेको बताउनुभयो। उनले योग शारीरिक अभ्यास मात्र नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली तथा जीवनपद्धति भएको उल्लेख गरे।
प्रत्येक व्यक्तिले स्वस्थकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रुपमा सवल बनाउन योगले सहयोग र्पुयाउने कार्यपालिका सदस्य सुरेश परियारले बताउनुभयो। ‘शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’उनले भने।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला कार्यसमिति सदस्य श्रवण ठगुन्नाले योग, ध्यान, प्राणायमले मानिसको सर्वाङ्ग विकासमा सहयोग गर्ने बताउनुभयो। योगलाई हरेक व्यक्तिले नियमित गर्नुपर्ने उनको भनाई थियो।
योगले जीवन स्वस्थ राख्न र कार्यक्षेत्रमा पनि सही निर्णय गर्नको लागि सहयोग पुग्ने भएकोले यसलाई नियमित अवलम्बन गर्नुपर्ने भनाई राखे।

मेलौली नगरपालिका वडान १ का निवर्तमान वडा अध्यक्ष तथा योग गुरु सुरत सिंह नेगीले योग रोगी र पाको उमेरका व्यक्तिले मात्र नभई हरेक उमेरका हरेक नागरिकले गर्न जरुरी रहेको बताउनुभयो ।व्यक्ति स्वस्थ भएमा मात्रै समाज स्वस्थ हुने र सिङ्गो राष्ट्र नै स्वस्थ हुने भएकाले योग शिक्षा अनुसरणमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि हरेक व्यक्तिले हरेक दिन योग गर्नुपर्ने उनको भनाई थियो ।

साथै कार्यक्रममा नियमित योग कार्यक्रममा सहभागी सुर्या भण्डारी र पछिल्लो समयमा मेलौली नगरपालिकमा योगको प्रभाव जनस्तरमा बढाउन यस्ता कार्यक्रमले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गर्दे मेलौली नगरपालिका वडा न १ का निवर्तमान वडा अध्यक्ष तथा योग गुरु सुरत सिंह नेगीलाई दोसल्ला आढाएर सम्मान समेत गरिएको अभ्यङ्कगकर्ता गोजा बोहराले जानकारी दिनुभयो ।।
कार्यक्रममा मेलौली नगरपालिका स्थित विभिन्न कार्यालयका प्रमुख सहित प्रतिनिधिहरु, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।