रुखबाट खसेर शिक्षिकाको मृत्यु

रुखबाट खसेर बाजुराकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको हो।

बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको छ। मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्।

Leave A Reply

Your email address will not be published.