बैतडी-मेलौली नगरपालिका २ स्थित धर्मघर माध्यमिक बिद्यालयले ७५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ईश्वरी भट्टको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका वडा न-२ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट वडा न -९ का वडा अध्यक्ष तथा समाजिक विकास समिति संयोजक लोक राज भट्ट कार्यपालिका धना चन्द कपडा बैंक माया घर बैतडीका संयोजक महेश भट्ट बिशिष्ट अतिथि रहनु भएको छ।कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।

बार्षिकोत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लोक राज जोशीले बिद्यालयले बर्षभरीमा गरेका बिभिन्न कार्यको बारेमा र १ करोड ६६ लाख ६ हजार बराबरको बार्षिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए।
साथै कार्यक्रममा कपडा बैंक साहिलेकका संयोजक भट्टले बिद्यालयले छनोट गरेका अति बिपन्न परिवारका १५ जना बिद्यार्थीहरुलाई न्यानो कम्बल समेत बितरण गरेका थिए ।


कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।
