नाइजेरियामा ट्याङ्कर विस्फोट, कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुगेको छ।

साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन्।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले भने,‘ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको अन्तिम सङ्ख्या ८६ पुगेको छ।’

सङ्घीय राजधानी कादुनासँग जोड्ने सडकमा डिक्को जंक्शनमा विस्फोट भएको हो।

इन्धन ट्याङ्कर विस्फोटमा राष्ट्रपतिले गहिरो दुःख व्यक्त गरे। साथै, इन्धनको गम्भीर जोखिम र वातावरणीय खतराहरूको बारेमा जनचेतना जगाउन राष्ट्रिय अभियानको लागि उनले आदेश दिएका छन्।

अक्टोबरमा, उत्तरी नाइजेरियाको जिगावा राज्यमा यस्तै दुर्घटनामा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। सन् २०२० मा, फेडरल रोड सेफ्टी कोप्र्सले एक हजार ५३१ इन्धन ट्याङ्कर दुर्घटना सूचीबद्ध गरेको छ, तिनमा कम्तीमा ५३५ जनाको मृत्यु भएको थियो।

Leave A Reply

Your email address will not be published.