प्रसिद्ध मेलौली भगवती मन्दिर परिसर भित्र सवारी साधन प्रवेश तथा खेलकुदका गतिविधि गर्न रोक

बैतडी-मेलौली धार्मिक सेवा समितिले मन्दिर परिसर भित्र सवारी साधन प्रवेशमा रोक लगाएको छ ।शुक्रबार एक सुचना जारी गर्दै बैतडीको मेलौलीमा रहेको सुदुरपश्चिमकै पसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मेलौली भगवती मन्दिरको १ सय ३४ रोपनी क्षेत्रफलमा सवारी साधनको प्रवेश र खेलकुद जस्ता गतिविधि नगर्न भन्दै रोक लगाएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी बताए ।मन्दिर परिसर भित्र धार्मिक तथा साँस्कृतिक बाहेक अन्य गतिबिधि नगर्न उहाँले आग्रह गर्नुभयो ।
सवारी साधनको प्रवेश र खेलकुद जस्ता गतिविधिले धार्मिक तथा पर्यटन क्षेत्रको दुवाचौंड क्षति हुदै गएकाले उक्त गतिविधिमा बन्देज गरिएको जनाएको छ ।मन्दिर परिसर भित्र प्रवेश गर्ने सवारी साधनलाई जरिवाना समेत तोकेको छ । मोटरसाईकल र अटोलाई ३ सय रुपैया,ट्याक्टर र जीपलाई ७ सय रुपैँया र अन्य ठुला सवारी साधनलाई ९ सय पटकै पिछे दोब्बर क्षतिपुर्ति असुल उपर गरिने जनाएको छ ।निरन्तरको सवारी साधनको आवागमनले चौरको सुन्दरतामा ह्रास आउन थालेको भन्दै उक्त निर्णय गरिएको नायकले बताए ।

मेलौली धार्मिक सेवा समितिको अनुमति बिना मन्दिरसंग सरोकार राख्ने विषय बाहेक गाडीको प्रवेश, धुवाँ चुलो, पसल थाप्ने र खेलकुद जन्य गतिबिधि नगर्न २०८१ पौष २० गतेको भेलाले समेत निर्णय गरेको थियो । नियम बिपरित गतिबिधि गरेमा प्रचलित कानून तथा मेलौली धार्मिक सेवा समितिको बिधान “२०५६”मा ब्यवस्था भए बमोजिम कारवाही गरिने सुचनामा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.