एकीकृत सेवा प्रवाह गर्दै,दुर्गम बस्तीमा वडा सरकार

बैतडी-भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै बैतडीको पाटन नगरपालिका-१ को वडा कार्यालयले दुर्गममा रहेको बस्ती गराल्लेकमा पुगेर एकिकृत सेवा प्रदान गरेको छ ।दुर्गम बस्तीमा पुगेर वडा सरकारले एकिकृत सेवा प्रदान गरेको मनोसमाजिक कार्यकर्ता मालती बिष्टले बताइन् ।

सेवा लिनको लागि वडा कार्यालय सम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर बस्तीमै पुगेर वडास्तरबाट प्रवाह हुने आवश्यक सेवा प्रदान गरेको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताउनुभयो ।

सडक सञ्जाल र विद्युत समेत नपुगेको बस्ती गराल्लेकमा स्वास्थ्य सेवा, पशु सेवा, लैँगिक हिंसा न्यूनीकरण तथा परार्मष सेवा, खाद्य सुरक्षा ,लागू औषध, ,बिद्यालय अनुगमन ,बिब्यस बैठक आमभेला,प्रहरी साझेदारी कार्यक्रम लगायत सार्वजनिक सेवा प्रवाह कार्यक्रम लगेर बस्तीस्तरसम्मै पुगेकोे वडा अध्यक्ष ठगुन्नाको भनाइ छ ।

अन्य सडक र विद्युत सेवा लगायतका बिषयमा समेत जनसमुदाय सङ्ग अन्तक्रिया गरिएको उनले बताउनुभयो ।उनका अनुसार सडक सञ्जाल जोड्न यस बर्ष बजेट विनियोजन गरिएको छ भने बिद्युत विस्तार अन्र्तगत पोल गाड्ने काम सकिएको छ ।

स्थानीय नागरिकले साथ दिए यो बर्ष सडक र बिद्युत विस्तार गरी सक्ने वडा कार्यालयको लक्ष्य रहेको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

वडामार्फत पाउने सम्पुर्ण सेवा टोल बस्तीमै पाएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् ।यसरी वडा कार्यालयबाट प्रवाह हुने सेवा टोल,बस्तीमै पाउँदा अत्यन्तै खुसी लागेको वडा नम्बर–१ गराल्लेकका स्थानीय कालुराम विकले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.