बैतडी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेलौलीले वडाभेला तथा अधिवेशन गर्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ईन्द्रदेब शरण भट्टको प्रमुख आथित्यमा वडाभेला तथा अधिवेशन हुने युवा नेता प्रकाश सिह नायकले बताउनुभयो।
वडा नं. १ को वडाभेला यहि माघ १२ गते, वडा नं. ८ र ९ को यहि माघ १४ गते हुने जनाईएको छ। अरु वडामा पनि वडाभेला तथा अधिवेशन निरन्तर सञ्चालन हुने युवा नेता नायकले जानकारी दिनुभयो।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र सुशासनको लागी निरन्तर संघर्षरत राष्ट्रिय प्रजातन्त्र पार्टी मेलौलीले संगठन बिस्तारलाई निरन्तरता दिन लागेको हो। वडाभेला तथा अधिवेशनमा पार्टीका सदस्य, पार्टिप्रति आस्थावान सबैलाई उपस्थित भईदिन आग्रह गरिएको छ।