बैतडीः शिवनाथका स्वर्गीय सुनीको परिवारलाई सहयोग रकम हस्तातरण

बैतडी : शिवनाथ गाउँपालिका–०१ स्वालका स्वर्गीय सुरेशराम सुनीको परिवारलाई सहयोग रकम हस्तारण गरिएको छ। सामाजिक सञ्जाल फेसवुकबाट अभियान चलाएर संकलन गरिएको रकम बुधवार सुनीको घरमै गएर हस्तातरण गरिएको अभियान्ता भुपेन्द्र सिह साउँदले जानकारी दिनुभयो।

देश तथा विदेशबाट संकलन गरिएको ८४ हजार ९०० रुपैयाँ नेपाली सुनीको श्रीमतीलाई हस्तातरण गरिएको जनाईएको छ। करिव एक महिनासम्म अभियान सञ्चालन गरिएको अभियान्ता साउँदले बताउनुभयो।

भारतको हिमाञ्चलमा काम गर्दै आईरहेका सुनीको पुष ३ गते रुखमुनी च्यापिएर मृत्यु भएपछि परिवार आर्थीक संकटमा परेका थियो। श्रीमती सहित तीन छोरी र दुई छोरा बिच्चलीत हुने अवस्था आएपछि आर्थीक संकलन अभियान सञ्चालन गरिएको थियो।

अभियानमा भुपेन्द्र सिह साउदसगैँ निरज सुनार, शंकर चाड्, जगदिश सुनी, कावा अध्यक्ष देबेन्द्र साउद, दशरथ सिह चाड, मदन चाड र प्रेम चाड खटिएका थिए। यसैगरी मेलौली नगरपालिका–०८ कोटिगाँउको वसन्तपुर युवा संगठनले पनि १६ हजार २४ रुपैया संकलन गरि हस्तातरण गरेको थियो।

Leave A Reply

Your email address will not be published.