बैतडीमा एकजनाको आरनघर (आफर) मा आगजनी भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडी तल्लागाँउका नन्दराम लुहारको आरनघरमा आगजनी भएको वडाध्यक्ष भरतराम पार्किले जानकारी दिनुभयो।
बुधबार राति भएको आगजनी विहीबार बिहान मात्र थाहा भएको जनाईएको छ। छिमेकिले आरनघरमा धुवाँ आईरहेको देखेपछि लुहारको परिवारलाई खबर गरेका थिए।
आगजनीबाट आरनघरको छत पुरै ध्वस्त भएको वडाध्यक्ष पार्किले बताउनुभयो। मर्मतका लागि दिएका अन्य समानहरु पनि जलेर नष्ट भएका छन।
आगजनीबाट करिव अढाई लाखँ बराबरको क्षति भएको जनाईएको छ। घटनाबारे सुल्लेखान प्रहरी चौकिलाई खबर गरिएको वडाध्यक्ष पार्किले बताउनुभयो।
सुल्लेखान प्रहरी चौकिले घटनास्थलको निरिक्षण गरि मुचुल्का उठाएको छ। आगजनी गर्नेबारे प्रहरीद्धारा अनुसन्धान गरिने र उचित क्षतिपूर्तीको माग गरिएको वडाध्यक्ष पार्किले बताउनुभयो।