स्वर्गीय सिता बिष्टको परिवारलाई सिवाईसि मेलौलीले दियो मृत्यु राहत

बैतडी : सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा मेलौलीले स्वर्गीय सिता बिष्टको परिवारलाई मृत्यु राहत उपलब्ध गराएको छ। मेलौली नगरपालिका–०८ कोटिगाउँ निवासी स्वर्गीय बिष्टका परिवारलाई मृत्यु राहत हस्तातरण गरिएको शाखा प्रमुख मजोज भाटले जानकारी दिनुभयो।

जमाडी आत्मनिर्भर महिला केन्द्रकी सदस्य रहेकि बिष्टको परिवारलाई बिहीबार आठौँ दिनको पुण्य तिथिमा मृत्यु राहत हस्तातरण गरिएको हो। १२ हजार ५ सय मृत्यु राहत सुबिधा र शाखामा कार्यरत कर्मचारीको तर्फबाट ३ हजार सहित १५ हजार ५ सय सहयोग र संवेदना पत्र फोटो फ्रीम हस्तातरण गरिएको शाखा प्रमुख भाट्ले बताउनुभयो।

“सिवाईसी जन्मदा नि घरमा, मर्दा नि घरमा र सिवाईसी हजुरहरुका साथमा” नाराका साथ सहयोग गर्दै आईरहेको छ। स्वास्थ्य स्वयंमसेविका समेत रहेकी बिष्टको यहि माघ १ गतेका दिन भिरबाट लडेर मृत्यु भएको थियो।

Leave A Reply

Your email address will not be published.