बैतडीको शिवनाथ–०५ मा वडास्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बैतडी : शिवनाथ गाउँपालिका–०५ मा वडास्तरीय अन्तर आधारभुत विद्यालय तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। उदय माध्यमिक विद्यालयको प्राङ्गण कफाडीमा प्रतियोगिता सुरु भएको वडाध्यक्ष केशव बहादुर चन्दले जानकारी दिनुभयो।

वडाध्यक्ष चन्दको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदको प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन गरिएको हो। प्रतियोगितामा ६ विद्यालय सहभागि भएका छन।

प्रतियोगितामा चम्चा गुच्छा, म्यूजीकल चियर, हाजिरी जवाफ, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो र ५० र १०० मिटर दौड सञ्चालन हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.