बैतडी : शिवनाथ गाउँपालिका–०५ मा आठौँ महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ। आईतावारबाट वडा कार्यालयको आयोजनामा शिवपुर्ण माध्यमिक विद्यालय लामाखालीको प्राङ्गणमा प्रतियोगिता सुरु भएको वडाध्यक्ष केशव बहादुर चन्दले जानकारी दिनुभयो।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टिम सहभागी भएका छन। वडाध्यक्ष चन्दको सभाध्यक्षता र नेपाली कांग्रेस शिवनाथ गाउँ कार्यसमिति सभापती हिरा चन्दको प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन गरिएको जनाईएको छ।
यसैगरी युवासँघ जिल्ला अध्यक्ष महेन्द्र बहादुर चन्द र वडा सचिव कर्ण सिह धनाडी बिशिष्ट अथिति रहनु भएको थियो। प्रतियोगितामा भलिबल प्रशिक्षक हरि सिह भण्डारी पनि उपस्थित हुनुभएको थियो।