मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते बैतडीको माईखर्कका केशवको उपचारमा समस्या, सहयोगका लागि परिवारको आग्रह
बैतडी-मोटरसाईकल दुर्घटना परि घाइते भएका दशरथचन्द नगरपालिका वडा नम्बर ७ माईखर्कका १९ बर्षिय केशव राज शर्मा(मनोज)कोे उपचारमा आर्थिक अभाव भएको छ । खर्च अभावले थप उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेको छ ।
माघ ११ गते धनगढीमा मोटरसाइकल दुर्घटनामा केशव घाइते भएका थिए ।टाउको छाती,खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।उपचारमा ऋणधन गरेर खर्च गर्दै आएको उनका बुवा कृष्ण दत्त शर्माको उहाँको भनाइ छ ।
केशवको हाल धनगढी स्थित माया मेट्रो अस्पातालमा उपचार भइरहेको छ।केशवको नियमित रेखदेखमा उनका दाजु पदम शर्मा अस्पातालमा हुनुहुन्छ ।
कृष्ण दत्त शर्माको ४ सन्तान मध्येको केशब कान्छा छोरा हुन् ।एसइई सम्मको अध्ययन पुरा गरेका केशवले धनगढी स्थित एक होटेलमा काम गर्दै आएका थिए । महालक्ष्मी विकास बैंक पाटन बैतडीमा शाखामा खाता नं ०७१००६००५४०२४१०००००१ सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको उनका ठुलाबुवा देव दत्त शर्माले बताउनुभयो ।
सक्नेले सहयोग गरि केशवकोे जीवन बचाउ अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।उनको परिवारको आर्थिक अवस्था समेत अत्यन्त कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णले सक्दो सहयोग गरिदिन आग्रह गरेका हुन् ।