बैतडी–नेपाल राष्ट्रिय शिक्षक संगठन मेलौली नगरपालिकाको अध्यक्षमा नरेश सिंह नेगी चयन भएका छन ।विहिबार सम्पन्न भएको अधिवेशनले नेगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उक्त समितिको खुला उपाध्यक्षमा भरत सिंह बिष्ट, महिला उपाध्यक्ष महेश्वरी थापा भण्डारी, सचिवमा शुक्र सिंह भाट ,सहसचिवमा किस्मती चन्द, कोषाध्यक्षमा गोपाल दत्त भटट्, सहकोषाध्यक्षमा सरिता दयाल लगायत अन्य सदस्यहरु चयन भएका नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मेलौलीका निवर्तमान अध्यक्ष केशवानन्द भट्टको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति सदस्य नन्दराम अवस्थी प्रमुख अतिथी रहेका थिए ।अधिवेशनमा जिल्ला कमिटी सचिवालय सदस्य जगदिश सिंह नायक विशिष्ट अतिथी रहेका थिए ।साथै अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो।