मेलौलीका ६ जना बिपन्न विद्यार्थीलाई कपडा बैंकद्धारा कम्बल वितरण

बैतडी : मेलौलीका ६ जना अति बिपन्न विद्यार्थीलाई कपडा बैंक बैतडीले कम्बल वितरण गरेको छ। शनिवार मेलौली नगरपालिका–०६ का अति बिपन्न विद्यार्थीलाई कपडा बैंकद्धारा कम्बल वितरण गरिएको हो।

जगदम्बा माध्यमिक विद्यालय मेलौली नगरपालिका–०६ हतरङ्गाको ४६ औं वार्सिकोत्सवको अवसरमा विद्यालयका अति बिपन्न ६ जना विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको कपडा बैंकका संयोजक महेश दत्त भट्टले जानकारी दिनुभयो।

विद्यालयमा अध्यनरत हरिश ओझा, सन्देश पोखरेल, नवीन पोखरेल, मन्दिर पोखरेल, रेखा भट्ट र बसन्ती बडुलाई कम्बल वितरण गरिएको हो।

Leave A Reply

Your email address will not be published.