बैतडीको मेलौली १ मा एचपिभी खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न

बैतडी : मेलौली नगरपालिका १ मा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभि खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

वडास्तरीय खोप समन्वय समिती, स्वयंसेविका, विद्यालयका शिक्षकहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा वडा कार्यालयमा एक दिने अन्तरक्रिया सम्पन्न भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र १ हरिचनका स्वास्थ्य सस्था प्रमुख सीता बिष्टले जानकारी दिइन।

उक्त अभियान माघ २७ गते शारदा आबि रडमा, जनचेतना आबि गङगापुर, नगर स्वास्थ्य केन्द्र जर्कुमा २८ गते लगाईने जनाएको छ। यस्तै शीतलपुर माध्यमिक विद्यालय शीतलपुर २९ गते दुर्गा आबि जर्कु र आधारभुत स्वास्थ्य सेवा केन्द्र हरिचनमा ३० गते संचालन हुने जनाईएको छ।

यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म राष्ट्रिय रुपमा संचालन हुने उक्त अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखी १४ वर्ष उमेर समुहका किशोरीहरुलाई एचपिभि खोप लगाइदैछ।

Leave A Reply

Your email address will not be published.