बैतडीको पाटन नगरपालिका –९ मा एक सय एकानब्बे जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने भएको छ । देशभर सञ्चालन हुने अभियान अन्तर्गत पाटन नगरपालिका–९ मा पनि खोप अभियान सञ्चालन हुने आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरेका प्रमुख प्रकाश भट्टले जानकारी दिनुभयो । आइतबार सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै खोप अभियानका बारेमा जानकारी दिइएको उनले बताउनुभयो ।
देशभरजस्तै बैतडीमा पनि माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुँदैछ । उक्त अभियानमा बैतडीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेरका १३ हजार ५६४ जना किशोरीहरुलाई खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।