बैतडीको मेलौली नगरपालिका ७ मा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभि खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
वडास्तरीय खोप समन्वय समिती, स्वयंसेविका, विद्यालयका शिक्षकहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा वडा कार्यालय मा एक दिने अन्तरक्रिया सम्पन्न भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुकेशकान्त दयालले बताउनुभयो।
उक्त अभियान मेलौलीमा माघ २७ देखी३० गते सम्म संचालन हुनेछ। अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखी १४ वर्ष उमेर समुहका किशोरीहरुलाई एचपिभि खोप लगाइदैछ।