बैतडी : पञ्चेश्वर गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेको वडा केन्द्रित तिन महिने अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेकपा एमाले पञ्चेश्वर गाउँ कमिटी अध्यक्ष कालु जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भटट् प्रमुख आतिथी रहेका थिए ।यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रिय कमिटी सल्लाहकार परिषद सदस्य मोहन थापा ,एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी,एमाले जिल्ला सचिव हजारी साउँद रहेका थिए। यस्तै पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द,उपाध्यक्ष विना भटट् लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थियो।
कार्यक्रममा सदस्यता नविकरण र विस्तार टोल तहसम्म पार्टी कमिटिको अधिवेशन सम्पन्न गर्ने,पार्टी सम्बद्ध जनवर्गीय संगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने,सबै तहका जनप्रतिनिधीहरुले आ आफ्नो तहको डेस्क स्थापना गरि प्रचारात्मक काम अघि बढाउने, युवा नेतृत्व विकासका लागि आधारहरू निर्माण गर्दै लैजाने काम गरिने एमाले बैतडी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा एमाले को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने लगायतका विषयमा प्रशिक्षण दिईएको भण्डारीले बताउनुभयो ।