प्रयागराज गइरहेका दार्चुलाका उद्यम शाखा प्रमुख अवस्थीको मृत्यु

दार्चुला-दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीशचन्द्र अवस्थीको गाडीको ठक्करबाट मृत्यु भएको छ। मालिकार्जुन–५ डाडाकोट घर भएका अवस्थी भारतको प्रयागराज महाकुम्भ मेलामा आमासहित गइरहेका बेला लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको उनको पारिवारिक श्रोतले जनाएको छ।

आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएकोमा मृत घोषणा गरिएको बताइएको छ। यसैबीच मालिकार्जुन गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयमा आज शोक बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.