शान्ती प्रकश आधारभुत विद्यालय ढणौनको ६४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी-मेलौली-३ ढणौन स्थित श्री शान्ती प्रकश आधारभुत विद्यालयको ६४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष चन्द्री चन्दको सभाध्यक्षता तथा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा बिहिबार कार्यक्रम सम्पन्न भएको हो ।

विशिष्ट अतिथि मेलौली नगरपालिका वडा न-३ का वडा अध्यक्ष गगन सिंह भाट,नेपाली काग्रेस महासमिति सदस्य ईश्वर दत्त भट्ट,नेपाल तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेश दत्त भट्ट केदारेश्वर मावि दुर्गास्थानका प्रधानाध्यापक हरिश बहादुर चन्द सुदर्शन मा.वि लिखोडाका प्र.अ सुरत बहादुर चन्दरहेका थिए ।बिद्यालयका पुर्व प्रधानाध्यापक देव दत्त बडु,महिला स्वास्थ्य स्वयंक सेविका अन्य अभिभावकहरु लगायतकोसमेत उपस्थित रहेको थियो

ढणौन स्थित विद्यालय परिसरमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर चन्दले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्र.अ चन्दले आगामी दिनहरूमा विद्यालयलाई प्रविधिमैत्री बनाउन लागि परेकाले सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

नगर प्रमुख चन्दले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरले गर्नुपर्ने आवश्यक सक्दो सहयोग गर्न नगर तत्पर रहेको जानकारी गराउनुभयो।

शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक विद्यार्थी अभिभावक सबैले आ आफ्नो भूमिका खेलेर राम्रो सम्बन्ध राख्न आवश्यक रहेको बताउनुभएको छ ।

विद्यालयले वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरेको थियो ।कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको शिक्षिका पुष्पा भट्टले जानकारी दिनुभयो ।

विद्यालयका संस्थापक जग्गादाता लगायत हालसम्म योगदान गर्ने व्यक्तिहरूलाई विद्यालयका तर्फबाट सम्मान गरेका हुन् ।साथै कार्यक्रममा कपडा बैंक साहिलेकका संयोजक महेश दत्त भट्टले बिद्यालयमा अध्ययनरत अति बिपन्न परिवारका २५ जना बिद्यार्थीहरुलाई कपडा समेत बितरण गरेका थिए।

कार्यक्रमको सञ्चालन शिक्षक केशव शर्माले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.