बैतडीको शिवनाथ–०३ मा वडास्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बैतडीको शिवनाथ गाउँपालिका–०३ मा सञ्चालीत वडास्तरीय अन्तर आधारभुत विद्यालय पहिलो रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। राजपुर आधारभुत विद्यालयको प्राङ्गण साउगडामा सञ्चालन भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको गाउँपालिका प्रवक्ता केशव बहादुर चन्दले जानकारी दिनुभयो।

प्रतियोगिताबाट १० स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित श्रीपुर माध्यमिक विद्यालय पुडिल बछला प्रथम भएको छ। यसैगरी ३ स्वर्ण, २ रजत र १ कास्य पदकसहित राजपुर आधारभुत विद्यालय साउगडा द्धित्तिय भएको जनाईएको छ।

२ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित गर्वेश्वर आधारभुत विद्यालय पोखरेठीले तेस्रो स्थानमा चित्त बुझाएको छ। वडाध्यक्ष केशव दत्त कलौनीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष कर्ण सिंह साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

समापन कार्यक्रममा गाउँपालिका प्रवक्ता केशव चन्द, अफिसियल, वडा सचिव कर्णसिंह धनाडी, सुरेन्द्रसिंह साउद, भोजसिंह खत्री बिशिष्ट अतिथि रहेका थिए।

Leave A Reply

Your email address will not be published.