पञ्चेश्वरः कक्षा ८ मा पालिका प्रथम हुने विद्यार्थीलाई पुरुस्कार दिने चन्दको घोषणा

बैतडी : पञ्चेश्वरमा यस वर्ष कक्षा ८ मा पालिका प्रथम हुने विद्यार्थीलाई नगद पुरुस्कार दिने एक युवाले घोषणा गरेका छन। पञ्चेश्वर गाउँपालिकामा–०४ निङ्लाडका नरेन्द्र चन्द (डङखेत)ले सो घोषणा गरेका हुन।

हाल रोजगारीको लागि  प्रदेशमा रहेका चन्दले गाउँपालिकास्तरीय कक्षा ८ को वार्षिक परिक्षामा प्रथम हुने विद्यार्थीलाई २ हजार २ सय २२ रुपैया नेपाली पुरुस्कार दिने रेडियो मेलौलीलाई बताउनुभयो। शिक्षामा सुधार र पढाईमा विद्यार्थीमा लगाव जाओस भन्ने उदेश्यले पुरुस्कृत गर्ने उनले बताएका छन।

चन्द विगतका दिनदेखीनै समाजसेवामा सकृय ब्यक्ति हुन। शैक्षिक सत्र २०८० को वार्षिक परिक्षामा पनि उनले पुस्कार प्रदान गरेका थिए। गाउँपालिकाको वडा न ४ मा रहेको रायपुर आधारभुत विद्यालयको बार्षिक परिक्षामा विद्यालय प्रथम भएका विद्यार्थीलाई पुरुस्कार वितरण गरेका थिए।

गाउँपालिकास्तरीय कक्षा ८ को परिक्षामा प्रथम हुनेलाई पुरुस्कृत गर्ने कुरा गाउपालिकाको शिक्षा शाखा प्रमुखलाई जानकारी गराईसकेको चन्दले जानकारी दिएका छन।

Leave A Reply

Your email address will not be published.