उमामुक्तेश्वर आधारभुत विद्यालयको ३५ औं बार्षिकोत्सव सम्पन्न

बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ नानिगाड स्थीत उमामुक्तेश्वर आधारभुत विद्यालयको ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। यहि फागुन ३ गतेदेखी सञ्चालन भएको कार्यक्रम सोमबार सम्पन्न भएको होे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण राम पार्किको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ। यसैगरी वडाध्यक्ष डम्बरराज जोशी, गाउँकार्यपालिका सदस्य रमेश दायल र शिक्षा समिति सदस्य लक्ष्मीदत्त चटौत बिशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलिसिह साउँदले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। तिनदिनसम्म सञ्चालन भएको कार्यक्रममा बिभिन्न सांस्कृति र खेलकुदका कार्यक्रम सञ्चालन भएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री खड्काले आफुले शिक्षा, स्वास्थ्य र बिकास निमार्णका कार्यमा भुमिका खेल्ने बताउनुभएको प्रधानाध्यापक साउँदले बताउनुभयो। विद्यालयको लागि भौतीक या नौतीक तवरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो।

Leave A Reply

Your email address will not be published.