डोटीमा भिरबाट लडेर महिला घाइते

डोटीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

जिल्लाको केआईसिंह गाउँपालिका–४ खड्का वाडा बस्ने ४० वर्षीया रम्बा देवी खड्का भिरबाट लडेर घाइते भएकी प्रहरीले जनाएको छ। मङ्गलवार केदारेश्वर सामुदायिक वनमा घाँस काट्ने क्रममा उनी भिरबाट लडेकी हुन्। घाइते खड्काको स्थानिय स्वास्थ्य चौकी वायलमा सामान्य उपचार पछि थप उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.