पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यमा राप्रपा नेपालका केन्द्रीय सदस्य चन्दको समर्थन

बैतडी। राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेम बहादर चन्दले पूर्व राजा ज्ञानेन्द्र शाहले ७५ औं प्रजातन्त्त दिवसको अवसरमा जारी गरेको वक्तव्यमा आफ्नो समर्थन रहेको बताएका छन। बैतडी घर भएका चन्दले पूर्व राजाको वक्तव्यलाई समर्थन गर्दै आन्दोलनमा होमिन सबै नागरिकलाई आह्वान समेत गरेका छन्।

देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको उनले स्वागत गरेका हुन। ७५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ।

मंगलबार पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

‘

Leave A Reply

Your email address will not be published.