गायक मल्लको आवाजमा लोकगित “दलाली गर” सार्वजनीक

बैतडी: लोक तथा देउडा गायक धर्मेन्द्र मल्ल ठकुरीको आवाजमा लोकगित दलाली गर सार्वजनीक भएको छ। गौरव जोशी अफिसियल युटूवच्यानलबाट गित भिडियोसहित सार्वजनीक गरिएको छ।

गितमा गायक मल्ललाई संगिता मल्ल र नारायण दंगालले स्वरमा साथ दिनुभएको छ। म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितका मिक्स माष्टर मनोज परियार हुन भने संगित संयोजन गोपाल दयालले गर्नुभएको गायक मल्ले बताउनुभयो।

गित मार्फत देशमा रहेको बेरोजगारीलाई समेटीएको छ। युवाहरुसगं सबैकुरा हुदाँहुदै पनि देशमा रोजगारी नहुँदा दलाली गरेर खानु भन्ने ब्यङग्य गरिएको छ।

भिडियोमा डा. कृष्ण दत्त जोशी (बोक्सर), गौरव जोशी, सन्तोष जोशी, मनिता क्षेत्री लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ। दिपेश ठगुन्नाले खिचेको भिडियोलाई गौरव जोशीले निर्देशन कथा लेखन गरेका हुन।

गितमा भन्न खोजिएको कुरालाई मनन् गरी आवश्यक सल्लाह सुझाव दिन गायक मल्लले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.