आमोद इङ्गलिश बोर्डिङ्ग स्कुलले भव्य रूपमा मनायो १७ औँ वार्षिकोत्सव

बैतडी-मेलौली नगरपालिका वडा नम्बर–६ मा अवस्थित आमोद इङ्गलिश बोर्डिङ्ग स्कुलले आफ्नो १७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा र अनुशासनका क्षेत्रमा योगदानलाई अझ बलियो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका संस्थापक, अभिभावक, विद्यार्थी र विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक मधु भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेलौली नगरपालिका कार्यपालिका सदस्य धरम सिंह दयाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिमा मेलौली नगरपालिका वडा न -९ वडा अध्यक्ष लोक राज भट्ट,नेपाली काग्रेंस महासमिति सदस्य सुरत पार्की ,नेपाली काग्रेस जिल्ला सदस्य ईन्द्र देव भट्ट केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका ईन्चार्ज मुकेशकान्त दयाल ,विशालपुर स्वास्थ्य चौकीका प्रमुख नवराज सिंह नायक, मुस्याचौर आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राजेन्द्रकान्त दयाल रहेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि धरम सिंह दयालले आमोद इङ्गलिश बोर्डिङ्ग स्कुलको शिक्षा क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्दै भविष्यमा अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरे ।

धरम सिंह दयालले विद्यालयका शिक्षकहरूको मेहनतले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।उनले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयहरूले पनि गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रिन्सिपल लक्ष्मण चन्दले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्कुलले क्रमशः प्रविधिमैत्री सिकाइलाई अघि बढाइएको बताउनुभयो ।कार्यक्रमको संचालन विजय पोखरेलले गरेका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उपस्थित अतिथि र अभिभावकहरूको मनोरञ्जन प्रदान गरे । विभिन्न नृत्य र गीतसंगीतको माध्यमबाट विद्यार्थीहरूले आफ्नो कला प्रदर्शन गरे ।

Comments are closed.