सञ्चारकर्मी महराको अभिनयमा ‘पालुवा आउनाले’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

बैतडी-लोक तथा देउडा गायक रमेश महराको स्वर रहेको पालुवा आउनाले बोलको देउडा गीत सार्वजनिक गरिएको छ ।गायक महराको स्वर,शब्द, रचना आफ्नै रहेको गीत विषेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।भने यस गीतलाई बिजय थापाले एरेन्ज गरेका हुन ।

गीतका रेकर्डिस्ट तथा मिक्सिङ र मास्टरिङ पनि बिजय थापाले गरेका छन ।गीतको भिडियो रमेश महरा युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द रमेश महराले कोर्नु भएको हो भने गीतमा स्वर गायिका शोभा थापाले दिएकी छन ।उक्त भिडियोमा रेडियो बैतडी ९५.४ मेगाहर्जमा कार्यरत  संचारकर्मी हजारी महरा,लक्ष्मी महरा र रमेश महराको अभिनय रहेको छ ।

पहाडी जिल्ल्ला बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँमा  जन्मिएका गायक रमेशको तेस्रो कोसेली स्वरुप उक्त गीत बजारमा आएको उनले बताउनुभयो । अझै पनि गीतलाई माया गरिदिन गायक महराले आग्रह गरेका छन ।

हेर्नुस् भिडियो…….

Leave A Reply

Your email address will not be published.