शिद्वेश्वर मा.वि मेल्चौराको ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : शिद्वेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका–०१ मेल्चौरा बैतडीको ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमवार एक भव्य कार्यक्रमकाविच ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमम सम्पन्न भएको प्रधानाध्यापक दिपेन्द्रसिंह चाडले बताउनुभयो।

No description available.

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिकमतसिंह रावलको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री माननीय सुरेन्द्र बहादुर पालको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको जनाईएको छ।

No description available.

यसैगरी पाटन नगरपालिका नगर-प्रमुख गौरीसिंह रावल कार्यक्रमका बिशिष्ट अतिथि रहनु भएको थियो। वडाध्यक्ष तर्कसिंह ठगुन्ना, नेकपा एमालेका प्रदेश कमिटी सदस्य नारायण भण्डारी र जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी कार्यक्रममा अतिथि रहनुभएको विद्यालयले जनाएको छ।

No description available.

कार्यक्रममा प्रधानाध्यापक चाडले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

No description available. कार्यक्रम मार्फत विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मानसहित प्रमाणपत्र बितरण गरिएको प्रधानाध्यापक चाडले बताउनुभयो। विद्यालयलाई योगदान दिने बिभिन्न ब्यक्तिहरुलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

No description available.

कार्यक्रममा विभिन्न सांस्कृतिक, अभिभावकको घैटोफोड कार्यक्रम र शैक्षिक प्रस्तुतिका साथै शुभकामना मन्तव्यहरू समेत प्रस्तुत गरिएका थिए।

No description available.

Leave A Reply

Your email address will not be published.