बैतडी आउँदै उद्योग मन्त्री भण्डारी

बैतडी-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउँदैछन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको जिल्ला अधिवेशनका लागी मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउने कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेम राज भट्टले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपािलका ३ स्थित श्रीकोट बहुमुखी क्याम्पसमा यहि फागुन १६ र १७ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं अधिवेशन उद्घाटन गर्न मन्त्री भण्डारी बैतडी आउने अध्यक्ष भट्टले बताउनुभयो ।

मन्त्री भण्डारी संगै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णु प्रसाद भण्डारी लगायत नेता कार्यकर्ताहरुको  समेत उपस्थिति रहने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.