बैतडी-बैतडीको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासीका सबै विद्युत महसुल दुई वर्षदेखि तिर्दै आएका छन्। उनले आफ्नो मासिक पारिश्रमिकबाट वडाका ३०० ग्राहकको विद्युत महसुल तिर्दै आइरहेका छन्।
वडाअध्यक्षमा निर्वाचीत भएका लगत्तै उनले वडाबासीको विद्यूत महसुल तिरिदिने घोषणा गरेका थिए । २०७९ साउनदेखी ०८१ पुष मसान्त सम्मको विद्युत महसुल तिरेको रसिद घर–घरमै पु¥याउने गरी टोल–टोलमा वितरण गरिरहेका छन् ।
वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि उनी स्वयं प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेका छन्। आफ्नो कार्यकालभर वडावासीको विद्युत महसुल तिर्ने घोषणा अनुरूप इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरिरहेको उनले बताउनुभयो।
उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको बताउनुभयो । वडा अध्यक्षले पारिश्रमिक नलिने र सो रकम वडावासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय गरे अनुसार वितरण गरेकोमा नागरिक खुसी भएका छन् ।