बैतडी-नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननिय दामोदर भण्डारीको प्रमुख आतिआथित्यतामा शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
कमिटिको अध्यक्षमा प्रमानन्द भट्ट चयन भएका छन् भने उपाध्यक्षमा प्रकाश राम लुहार, महिला उपाध्यक्षमा हिरा भट्ट, सचिवमा वीर बहादुर चन्द,कोषाध्यक्षमा पदम सिंह धानुक, रेखा कुँवर, सहसचिवमा ममता विष्ट, लगायत अन्य सदस्यहरु गरि २५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन भएको अध्यक्ष प्रमानन्द भट्टले बताउनुभयो ।
अधिवेशन सर्वसम्मत रुपमा नेतृत्व चयन भएको उनले बताउनुभयो ।संगठन विस्तार तथा नयाँ नेतृत्व चयनसँगै शिक्षकहरूको हकहित र अधिकार संरक्षणमा संगठनले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।