प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति सर्वसम्मत चयन ,अध्यक्षमा कार्की

बैतडी-प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्विरोध चयन भएका छन्। धनगढीमा शुक्रवारदेखि सुरु भएको अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध चयन भएका हुन्।

कार्कीको नेतृत्वमा शनिवार दिउँसो नयाँ प्रदेश कार्यसमिति गठन भएको हो। उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा चयन भएका छन्। प्रदेश महासचिवमा भानुभक्त आर्चाय चयन भएका छन्। कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन्। प्रदेश सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन्।

त्यस्तै सदस्यहरु समेत सर्वसम्मतिमा चयन भएका छन्। प्रदेश सदस्यमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट,मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक चयन भएका छन्। यस्तै, उमेश सिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउँद ९आलोक०, बहादुर साउँद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता चयन भएका छन्। पार्वती ओड, धन बहादुर विक र वेदप्रकाश ओली समेत सदस्यमा चयन भएका छन्।

Leave A Reply

Your email address will not be published.