शिवनाथ ५ को वडा कार्यालय भवन शिलान्यास

बैतडी-शिवनाथ गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ। आईतबार गाउँपालिकाको वडा नम्बर ५ स्थित लामाखालिमा कार्यालय भवनको शिलान्यास भएको हो।

भवनको शिलान्यास वडा अध्यक्ष केशव बहादुर चन्दले निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
ब्यवस्थित र सुविधा सम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।

गाउँपालिकामा यसअघि वडा नं १,३,४,६ मा वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाह समेत भइरहेको छ भने वडा न २ मा साविकको गाविस भवनबाट सेवा प्रवाह भईरहेको छ।

Leave A Reply

Your email address will not be published.