नागार्जुन मन्दिरको भौतीक संरचना निर्माण गर्न २९ हजार संकलन

बैतडी: शिवनाथ गाउँपालिका–०२ मा रहेको नागार्जुन मन्दिरको भौतिक संरचना मर्मतसम्भार गर्न आर्थीक संकलन गरिएको छ। जीर्ण बन्दै गईरहेको मन्दिरको भौतिक संरचना निर्माण गर्न करिब २९ हजार २ रुपैँया संकलन गरिएको छ।

देश तथा देश बाहिर रहेका ब्यक्तिहरुबाट आर्थिक संकलन गरिएको रास्वपा प्रवास भारत माहारास्ट्र राज्य संगठन उपसभापती प्रकाश साउदले बताउनुभयो। आफ्नो एकछाक कटाएर मन्दिरको भौतिक संरचना निर्माण गर्न युवाहरुले सहयोग गर्नुभएको साउदले जानकारी दिनुभयो।

करिब ६–७ दशक अगाडी स्थानीयद्धारा निमार्ण गरिएको मन्दिरको छत र पुराना ऐतिहासिक खम्वा जिर्ण बन्दै गईरहेका छन। रास्वपा प्रवास भारत माहारास्ट्र राज्य संगठन उपसभापती साउदको नेतृत्वमा समाजीक सञ्जालबाट अभियान सञ्चालन गरिएको थियो।

अभियानमा हालसम्म ४० जनाले सहयोग गरेका छन। आर्थीक संकलन कार्यमा सामाजिक अभियान्ता जगदिश साउद, मोहन साउद, दिनेश कुमार साउद, प्रेम महता र रुपसिह साउद निरन्तर खटिएका थिए।

अभियानमा अझैपनि सहयोग गरिदिन स्थानीय सरकार सहितका दातृ निकायलाई अभियन्ता साउदले आग्रह गर्नुभएको छ। मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत–सम्भार नगरिए दुर्घटना निम्तिन सक्ने भएकोले आर्थीक सहयोग आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.