लोकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा सौकार चयन

बैतडी : नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा पुष्कर धानुक ९सौकार० सर्वसम्मत चयन हुनुभएको छ। बिहीबार पुर्चौंडीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले धानुकको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा महेशराज जोशी,महिला उपाध्यक्षमा ललिता चन्द, सचिवमा प्रेम चन्द, सहसचिवमा उमेश भट्ट, कोषाध्यक्षमा घनश्याम धामी लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन हुनुभएको छ। यसअघि तदर्थ समितिको अध्यक्ष रहेका धानुकको नेतृत्वमा नेपाल लोकतान्त्रिक खेलकुद संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। संघले खेलकुदका गतिविधिहरुलाई अगाडि बढाउने अध्यक्ष धानुकले बताउनुभयो।

जिल्ला अधिवेशनपछि पालिकाहरुमा समेत अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने र जिल्लाभरी संघको संगठन विस्तार गरिने अध्यक्ष धानुकको भनाई छ। अहिले पालिका र क्षेत्रीय समितिका संयोजकहरु तोकिएका छन्।

धानुकको अध्यक्षतामा भएको अधिवेशन उद्दघाटन सत्रमा पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहनुभएको थियो।

यस्तै अधिवेशनमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं २ का क्षेत्रीय सचिव गणेश बिष्ट, पुर्चौंडी नगरपालिकाका प्रवक्ता धिरेन्द्र बम, वडा नं १ का वडा अध्यक्ष गणेश गडाल, वडा नं २ का वडा अध्यक्ष चक्रबहादुर बम, पुर्चौंडी नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर ओड लगायत नेपाल लोकतान्त्रिक खेलकुद संघमा आवद्ध सदस्य, नेपाली कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुक तथा भातृसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.