बैतडी : बैतडीको पाटनमा शनिवार आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा जनप्रतिनिधिहरुलाई आयुर्वेद सेवा सम्बन्धी तालिम दिईएको कार्यालय प्रमुख हिकमत बहादुर चन्दले बताउनुभयो। आयुर्वेद सेवाको प्रभावकारीता, महत्व र सेवन/प्रयोगका बारेमा जानकारी गरिएको उहाले बताउनुभयो।
आयुर्वेदले मान्छेको जिवन शैलीमा ल्याउने परिवर्तन, यसका बिभिन्न सेवाहरु र सर्ने-नसर्ने रोगहरुमा आयुर्वेदको प्रभावकारीताका बारेमा डक्टर सिर्जना भण्डारीले प्रशिक्षण दिनुभएको जनाईएको छ। त्यसैगरी स्थानीय स्तारमा पाईने जडिबुटिको बारेमा समेत जानकारी गरिएको थियो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका कार्यालय प्रमुख चन्दको अध्यक्षता तथा पाटन नगरपालिका नगर प्रमुख गौरीसिह रावलको प्रमुख आतिथ्यमा तालिम सञ्चालन गरिएको थियो। तालिममा नगर उप–प्रमुख कमल बोहरा बिशिष्ट अतिथि रहनुभएको जानकारी गरिएको छ।
तालिममा वडाध्यक्षहरु, वडासदस्यहरु र कार्यपालिका सदस्य लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो।