गाडि दुर्घटनामा घाईते पार्कीको उपचार प्रश्चात निधन, परिवार शोकमा

बैतडी : गाडि दुर्घटनामा घाईते भएका विर पार्कीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–०३ पुडिल घर भई हाल भारतको उत्तराखण्ड फागपुर निवासी पार्किको मुम्बै पुनामा मृत्यु भएको हो।

अढाई महिना अगाडी दुर्घटनामा परेका पार्कीको हात, कम्बर र पेटमा गम्भीर चोट लागेको थियो। दुर्घटना लगत्तै मुम्बै पुनामै उपचार गराई रहेका पार्कीको बैसाख १४ गते निधन भएको भाई रुपसिंह पार्कीले बताउनुभयो।

अस्पताल बसाईपछि डिस्चार्ज भएका पार्कीको भोलीपल्ट हृदयघाटका कारण अचानक मृत्यु भएको जनाईएको छ। घरको आर्थीक अवस्था नाजुक भएका पार्कीको निधनपछि परिवार शोकमा डुबेको छ।

पार्कीको उपचारमा आर्थीक समस्या भएपछि समाजिक सञ्जालबाट आर्थीक संकलन अभियान समेत सञ्चालन गरिएको थियो। अस्पतालबाट डिस्चार्ज हुने समयसम्म अभियान सञ्चालन गरिएको थियो।

नेपालबाट १ लाँख ९३ हजार ३७६ रुपैया नेपाली र भारतबाट १ लाँख १७ हजार ८७३ गरेर ३ लाखँ १० हजार रुपैँया नेपाली संकलन गरिएको अभियान्ता सुरत कुमार पार्कीले जानकारी दिनुभयो। उपचारमा सहयोग गर्ने सबैलाई अभियान्ता पार्कीले धन्यबाद दिनुभएको छ।

नेपालको रकम गोपिराम पार्कीको खातामा र भारतमा संकलन गरिएको रकम रतना सावन्तको खातामा संकलन गरिएको थियो।

सहयोग गर्नेहरुको नामावली।

 

Leave A Reply

Your email address will not be published.