बैतडी: पाटन–१ को प्रसासनिक भवन निर्माणकार्य सम्पन्न, पालिकालाई हस्तातरण

बैतडीको पाटन नगरपालिका-१ को प्रसासनिक भवन निर्धारित समयअघि नै सम्पन्न भएको छ। धरमदेव निर्माण सेवाले बजेट सुनिश्चित गरी सम्झौता भएको ५ महिनामै निर्माण सम्पन्न गरेको हो।

एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता भएको र आफुले सो भवनको निर्माणको जिम्मा लिएका निर्माण व्यावसायी भरत सिंह ओलीले जानकारी दिए। ६ कोठा र एक हलसहितको उक्त भवन निर्माण गर्न चुनौती रहेको भएपनि जिम्मेवारी ढंगले काम गरेको हुनाले काम समयअगावै सम्पन्न भएको निर्माण व्यावसायी ओलीले बताए।

‘कच्ची ग्रामिण सडक रहेकाले समयमा नै निर्माण सामाग्री पुर्याउन कठिन थियो, सुर्नया नदीमा पुल समेत नभएकाले केही असहज भएको थियो।’ ओलीले भने। निर्माण व्यावसायी ओलीले सोमबार नै पालिकालाई सो भवन हस्तान्त्रण गरेका थिए।

निर्माण व्यावसायीले दत्तचित्त भएर निर्माणको काम गरेको हुनाले निर्माणको काम सुरु गरेको ५महिनामै काम सम्पन्न भएको वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए। ‘निर्माण व्यावसायीले समयाअवधि अघि नै काम सम्पन्न गरेका छन्, हामि खुसी छौँ, लगत्तै कार्यालय सार्ने तयारी छ’ वडा अध्यक्ष ठगुन्नाले भने।

Leave A Reply

Your email address will not be published.