बैतडीमा छलीयासहित गणतन्त्र दिवस मनाईयो

बैतडी : बैतडीमा १८ औँ गणतन्त्र दिवस मनाइएको छ। जसअन्तरगत स्थानीय छलीया झाँकी सहित गणतन्त्र दिवस भव्य रुपमा मनाइएको हो।

दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीको स्थानीय छलीया झाँकीले गणतन्त्र दिवसमा छुट्टै उल्लास देखिएको थियो। बैतडी सदरमुकाम गोठलापानीदेखि गढीसम्म आयोजना गरिएको प्रभातफेरीमा कर्मचारी, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो।

गढीस्थित जिल्ला समुन्वय समितिको सभाहलमा गणतन्त्रका उपलब्धिको समिक्षा गर्दै शुभकामना आदानप्रदान गरि मुल समारोहको कार्यक्रम सकिएको थियो। प्रतिनिधिहरुप्रति केही वितृष्ण देखिएपनि गणतन्त्रको उपलब्धिप्रति स्थानीय नागरिक भने उत्साहित देखिनछन्।

जिल्ला प्रशासन कार्यालयसंगको समुन्वयमा जिल्ला समुन्वय समिति र दशरथचन्द नगरपालिकाले आयोजना गरेको मुल समारोहमा सहभागि वक्ताहरुले गणतन्त्रका उपलब्धिहरु अझै पनि पुर्ण रुपमा संस्थागत हुन नसकेको भन्दै यसलाई संस्थागत गरि व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।

बैतडीमा गणतन्त्र दिवसको अवसरमा जेठ १४ गतेदेखि विभिन्न कार्यक्रमहरु भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.