मेलौलीको ब्राईटफ्यूचर एकेडेमीले मनायो ,गणतन्त्र दिवस

बैतडी : मेलौली नगरपालिका–०७ मा रहेको ब्राईटफ्यूचर एकेडेमीले १८ औं गणतन्त्र दिवस मनाएको छ। विद्यार्थी बालबालिका, शिक्षकहरु र केहि अभिभावकहरुले गणतन्त्र दिवस मनाँएको प्रिन्सिपल दर्शन नेगीले बताउनुभयो।

एकेडेमीको परिसरदेखी दमाहसहित बिभिन्न नारा लगाउदैँ ¥याली सुरु गरिएको थियो। मेलौली बजारहुदैँ, कुन्थला, हरिपुर बजार र ईलाका प्रहरी कार्यालय तस्वदेहीसम्म नारा लगाउलै ¥याली निकालिएको प्रिन्सिपल नेगीले बताउनुभयो।

No description available.

हरिपुर बजारमा रहेको द्वारिकादेवी ठकुरानी र मिन बहादुर चन्दको शालिकमा समेत अबिर मालाले सम्मान गरिएको छ।

No description available.

ब्राईटफ्यूचर एकेडेमीले देशमा मनाईने बिभिन्न दिवस मनाउदैं आएको छ। बालबालिकाहरुको शिक्षण सिकाई प्रभावकारी होस् भन्ने उदेश्यले दिवसहरु मनाउने गरेको जनाईएको छ।

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।

दुई सय ४० वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।

Leave A Reply

Your email address will not be published.