प्रेस चौतारी नेपाल बैतडीद्धारा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

बैतडी : १८ औं गणतन्त्र देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ। दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। बिहिवार बिरेन्द्र मावि साहिलेकको अनाथ असाहाय छात्रवासका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीका अध्यक्ष प्रकाश चन्द्र भट्टले जानकारी दिए।

अनाथ असाहाय छात्रबासमा रहेका १९ जना बालबालिकालाई प्रति बालबालिका २ कापी र एक कलम वितरण गरिएको उहाले बताउनुभयो। शैक्षिक सामग्री वितरणले अनाथ बालबालिकाको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टले बताए। “शैक्षिक सामाग्रीले ती बालबालिकाको शैक्षिक स्तरमा सुधार आउन सक्छ” अध्यक्ष भट्टले भन्नुभयो।

अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत प्रेस चौतारी बैतडीको टीमले उक्त सामग्री हस्तान्तरण गरेको थियो। छात्रबासमा शौचालयको अभाव रहेको वार्डेन लिला ठगुन्नाले बताईन। ९ छात्र र ११ छात्रा रहेको छात्रबासमा दुईवटा मात्रै शौचालय हुँदा समस्या भएको उनले बताईन। बालबालिकाका लागि खेल सामग्रीको पनि अभाव रहेको उनले बताईन।

Leave A Reply

Your email address will not be published.