गणतन्त्र दिवसको अवसरमा शिक्षक र स्वास्थ्यकर्मी सम्मानीत

बैतडी : गणतन्त्र दिवसको अवसरमा शिक्षक र स्वास्थ्यकर्मी सम्मानीत भएका छन। पाटन नगरपालिका–०९ ले गणतन्त्र दिवसको अवसरमा शिक्षक र स्वास्थ्यकर्मीलाई सम्मान गरेको वडाध्यक्ष कालुसिह भाट्ले जानकारी दिनुभयो।

वडा कार्यालयले हाजिरी जवाफ प्रतियोगिता तथा शिक्षक र स्वास्थ्यकर्मी सम्मान कार्यक्रमको आयोजना गरेको थियो। सम्मानीत हुने शिक्षकहरुमा ज्ञानेश्वर मावि विजयपुरका पूर्ण बहादुर महरा, सिद्धेश्वर मावि हुक्केडाँडाका गणेश प्रसाद भट्ट, जनप्रिय आधारभुत विद्यालयका कस्याकालीका रघुबिर भाट् र सरस्वती आधारभुत विद्यालय किचारकी कमला भण्डारीलाई सम्मान गरिएको जनाईएको छ।

सम्मानीत हुने स्वास्थ्यकर्मीहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरेकी अनमी सिर्जना चन्द र महिला स्वास्थ्य स्वंयमसेविका धना भाट् रहेका छन। यसैगरी गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा ज्ञानेश्वर मावि बिजयपुर प्रथम, जनप्रिय आधारभुत विद्यालय कस्याकाली दित्तीय, सिद्धेश्वर मावि हुक्केडाँडा तृतीय र सरस्वती आधारभुत विद्यालय किचार सान्त्वना स्थान आएको वडाध्यक्ष भाट्ले बताउनुभयो।

उत्कृष्ट शिक्षक र स्वास्थ्यकर्मीलाई वडाले बार्षीक कार्यक्रम मार्फत सम्मान गर्दै आईरहेको छ। पाटन नगरपालिकाले भने गणतन्त्र दिवसको अवसरमा नगरभित्रका सरकारी कार्यालयमा साँझपख दिपप्रज्वलन गरेको छ।

Leave A Reply

Your email address will not be published.