भरतपुर मावि गाँउकोटको प्रधानाध्यापकमा गोकर्ण दयाल नियुक्त

बैतडी । मेलौली नगरपालिका–७ गाँउकोटमा रहेको भरतपुर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा गोकर्ण दयाल नियुक्त भएका छन्। लामो समयदेखी शिक्षण पेशमा सक्रिय रहेका दयाललाई नियुक्त गरिएको हो।

शिक्षा ऐन, नियमावली, मेलौली नगरपालिका, विद्यालय सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि अनुसार दयाललाई सो जिम्मेवारी दिईएको विद्यालयले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.